Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्व बैंकर शाहले भनेः सहकारीमा करोडौं बचत गर्नेको स्रोतको छानविन हुन्छ


पूर्व बैंकर शाहले भनेः सहकारीमा करोडौं बचत गर्नेको स्रोतको छानविन हुन्छ

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुले बचत फिर्ता गर्न नसकिरहेको अबस्थामा पूर्व बैंकर अनिल केशरी शाहले सहकारी संस्थामा रहेको ठुलो बचतको छानविन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य समेत रहेका शाहले विना स्रोत ठुलो रकम सहकारीमा बचत गरेका व्यक्ती र रकमको अनिवार्य छानविनको माग गरे । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरेपछि काठमाडौंको माइतिघर मण्डलामा पार्टीले आयोजना गरेको प्रर्दशनमा सहभागि शाहले यस्तो बताएका हुन ।

उनले भने, बैंकमा कुनैपनि रकमको स्रोत खुलाउनु पर्छ, भन्ने डरले सहकारीमा पैसा थुपार्नेको तत्काल छानविन हुनुपर्छ । ‘दुई लाख, पाँचलाख जम्मा गर्नेको ब्याज सहित सहकारीले फिर्ता गर्नुपर्छ तर, स्रोत विनै करोडमाथि जम्मागर्नेहरुको छानविन हुनुपर्छ’ । उनले भने, ‘कतिले सहकारीमा रहेको करोडौं रकम कृषि फर्मबाट आएको भन्ने गरेका छन्, यदि कृषिबाट करोडौं कमाउन सकिन्छ भने, युवाहरु किन खाडी जानुपर्ने’ ?

साना बचतकर्ता जसले दैनिक ज्याला मजदुरीगरि कमाएर सहकारीमा राखेका छन् त्यस्ताको फिर्ता हुनुपर्छ, ठुला बचतकर्ताको छानविन हुन्छ । उनले भने, नेपाली जनताको अर्बाै रकम फिर्ता हुनुपर्छ त्यसमा कुनै दुविदा छैन् तर,आयो कहाँबाट भन्ने विषय छानविन हुन्छ शाहले भने । शाह बैकिङ क्षेत्रमा आफ्नो लामो अनुभव रहेका चर्चित व्यक्ती हुन ।