Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेप्सेमा साढे ५८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


नेप्सेमा साढे ५८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.५८ अंकले बढेर २ हजार १ सय ११.२४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २।८५ प्रतिशतले वृद्धि हो ।

अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो । मंगलबार कारोबारमा आएकामध्ये २ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, २२ वटाको घट्यो र बाँकी ४ वटाको स्थिर रहयो ।

मंगलबार ८२ हजार ७ सय ४६ वटा कारोबारबाट १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार रकम अघिल्लो कारोबार दिनको भन्दा बढी हो । गत आइतबार २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।