Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै व्यवसायी सडकमा


गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै व्यवसायी सडकमा

काठमाडौं । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी व्यवसायी सडक प्रर्दशन गरेका छन् । रुपन्देहीमा रहेका ३२ वटा सङ्घसंस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्व घोषित कार्यक्रम अनुसार आज भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो ।

भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुङ्गिएको थियो । प्रदर्शनमा सहभागीले विमानस्थलमा अध्यागम, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम, स्वास्थ्य परीक्षण लगायत विमानस्थलसँग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका थिए ।