Friday, August 22, 2025

२०८२ भाद्र ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्रामिण क्षेत्रमा रहेका विपन्न वर्गका नागरिकको बिमा स्थानीय निकायबाटै गर्न आग्रह


ग्रामिण क्षेत्रमा रहेका विपन्न वर्गका नागरिकको बिमा स्थानीय निकायबाटै गर्न आग्रह

काठमाडौं । ग्रामिण क्षेत्रमा रहेका विपन्न वर्गका नागरिकको बिमा स्थानीय निकाय (पालिका)ले नै गरिदिने व्यवस्था गर्न नेपाल बिमा प्राधिकरणले आग्रह गरेको छ ।

साना तथा विपन्न वर्गसम्म बिमा पहुँच नपुग्नुका साथै पहुँच पुगेकोहरूको पनि शुल्क भुक्तानी क्षमता नहुने भएकाले बिमालाई प्रोत्साहन गर्नका लागि पनि पालिकाहरूले उनीहरूको बिमा गरिदिने व्यवस्था गर्न प्राधिकरणले आग्रह गरेको हो ।

गत बिहीबार नेपाल बिमा प्राधिकरणले ललितपुरस्थित गोदावरी नगरपालिकासँग संयुक्त रूपमा आयोजना गरेको बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्राधिकरणले यस्तो बताएको हो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बिमा र घर बिमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न बिमा नै गर्नुपर्ने बताए ।