Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विभिन्न ४ स्थानमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा


विभिन्न ४ स्थानमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । मदन भण्डारी राजमार्गको तम्घास देखि सिमलटारी सम्मका विभिन्न ४ स्थानमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । विभिन्न खहरे खोलामा पक्की पुल नबन्दा वर्षातको समयमा यात्रुले सास्ती खेप्दै आएका थिए । गुल्मी सदरमुकाम तम्घासबाट पश्चिम तर्फ जाने मदनभण्डारी राजमार्गका खहरे खोलाहरूमा पुल नबन्दा यात्रुले सास्ती खेप्दै आएका थिए । ५ वर्ष पहिले कालोपत्रे गरिएको राजमार्गको हुलाके, धनार्जी, फुलवारी र घमिरका खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधनहरू र पैदल यात्रुलाई समेत आऊ-जाऊ गर्न समस्या परेको थियो ।

अहिले यी चार स्थानका पक्की पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । पक्की पुलहरू मध्ये हुलाके र फुलवारी खोलाको पुल सञ्चालनमा आइसकेका छन् । अरू दुइवटा पुल पनि केही दिनमै सञ्चालनमा ल्याउने तयारीमा छन् । यसले गर्दा त्यस भेगका चल्ने साना ठूला सवारी साधनलाई आउजाउ गर्न सहज हुने स्थानीयले बताए।