Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंक ९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै


राष्ट्र बैंक ९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं, भदौ २८ । नेपाल राष्ट्र बैंकले सरकारको लागि शुक्रबार ९ अर्ब चार करोड रुपैयाँ ऋण उठाउन बोलकबोल आह्वान  गर्ने भएको  छ। शुक्रबार बैंकले ६ वर्षे अवधिको यो ऋणपत्रको लागि बोलकबोल आह्वान गर्ने भएको हो। यो ऋणपत्रमा कम्तीमा ५० हजार र बढीमा ५० हजारले भाग निशेष जाने रकमसम्म लगानी गर्न सक्निे ।

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने भएको छ। ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुने भएको छ। ऋणपत्रको लागि बैंक तथा वित्तीय संस्था, अन्य संस्था र नेपाली नागरिक सहभागी हुन सक्नेछन्।

राष्ट्र बैंकले प्रतिस्पर्धीको लागि ७ अर्ब ६८ करोड ४० लाख  रूपैयाँ र अप्रतिस्पर्धीको लागि एक अर्ब ३५ करोड ६० लाख रूपैयाँ छुट्याएको छ। बैंक तथा वित्तीय संस्था लगायतका संस्थाले प्रतिस्पर्धीमा मात्रै सहभागिता हुन सक्छन्।