काठमाडौं । हरितालिका तीजको दिन सोमबार सुनको भाउ बढेको छ। यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेका छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।
तीजकै दिन सुनको भाउ बढ्यो