Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ई–कर्मस प्लेटफर्महरूमार्फत् कृषि व्यापार उकास्दै चीन


ई–कर्मस प्लेटफर्महरूमार्फत् कृषि व्यापार उकास्दै चीन

काठमाडौं । ई–कर्मस प्लेटफर्महरूमार्फत् विभिन्न खाद्य वस्तुहरु चिनियाँ उपभोग बजारमा प्रवेश भएपछि कृषि वस्तुहरूको व्यापारमा ठूलो वृद्धि भएको पाइएको छ ।


विगत एक दशकमा चीन र ‘बेल्ट एण्ड रोड’ सम्बद्ध देशहरूबीच कृषि व्यापार सम्पर्कको स्तर निरन्तर माथि उकासिरहेको छ । ती देशहरुबाट चीनले ड्रागन फ्रुट, चामल, जैतुन, विशेषतायुक्त फलफुल आदि खाद्य पदार्थहरु ई–कर्मस प्लेटफर्महरूमार्फत् आयात गरिरहेका छन् ।


चीनमा ई–कर्मसको तीव्र विकाससँगै बीआरआई सम्बद्ध मुलुकका विभिन्न उद्यमहरूको संयुक्त प्रयासमा, सिल्क रोड ई–कमर्सले दुईतर्फी व्यापार च्यानल खोलेको छ भने ‘बेल्ट एण्ड रोड’ अन्तर्गत् कृषि व्यापार नयाँ शक्तिको रूपमा सञ्चालन गरिएको छ ।


सन् २०२२ मा चीन र बीआरआई सम्बद्ध देशहरूबीच कृषि उत्पादनको अन्तर्देशीय ई–कमर्श व्यापार मात्रा २.२९ अर्ब अमेरिकी डलर पुगेको छ, जुन वार्षिक रूपमा ३५.३ प्रतिशतको वृद्धि भएको छ ।
त्यस्तै, सन् २०२२ सम्ममा चीनले सिल्क रोड ई–कमर्शको प्रारूपमा २९ देशसँग द्विपक्षीय सहयोग संयन्त्र स्थापना गरिसकेको एजेन्सीमा उल्लेख छ ।