Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द


अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

काठमाडौं। कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो ।

कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो ।

अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्नरनगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो ।

हेर्नुहोस् सूचना :