Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तातोपानी नाकामा चहलपहल सुरु


तातोपानी नाकामा चहलपहल सुरु

काठमाडौं । २०७२ सालको भूकम्पपछि ८ वर्षसम्म बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएपछि व्यापारिक चहलपहल शुरु भएको छ । नेपाल–चीनको सीमा नाका मितेरी पुल लगायत बजार क्षेत्रमा नेपाल र चिनियाँ व्यापारीका साथै सर्वसाधारणको चहलपहल बढेको हो ।

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने तातोपानी नाका भएर पछिल्लो पटक दुई सय स्थानीय चिनियाँ क्षेत्र प्रवेश गरेको कोदारीस्थित अध्यागमन कार्यालयका प्रमुख रवीन्द्र पोखरेलले बताए ।

आठ वर्षपछि पास प्रक्रिया पूरा गरेर जिल्लाका बासिन्दाले आवश्यक लत्ताकपडा र घरायसी सामग्रीलगायत खरिद गर्दै चिनियाँ बजार घुम्न पुगेका छन् । खासाबाट खरिद गरेर ल्याएका सामग्रीको भन्सार पासका लागि पुरानै भन्सारमा छोटी भन्सार राखिएको तातोपानी सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए ।