Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा राजीनामा


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा राजीनामा

कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । उनले सबै राजनीतिक दलसँग सहकार्य गर्नका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ—आफ्ना दलीय आग्रह नछोडेमा जनचाहना विपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् ।

प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । कोशी प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ—आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रदेशसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरू मिलेर गएनन् भने मध्यावधि अवश्यम्भावी रहेको बताए । आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि अवस्थाले कोशी प्रदेश सभाको मध्यावधि निर्वाचनको माग नगरिरहेको पनि उनको भनाइ थियो । उनले प्रदेशसभामा रहेका राजनीतिक दलहरूले केन्द्रको आदेश कुर्दा समस्या भएकाले प्रदेश संरचनामा नै रहेका नेताहरूले निर्णय लिनुपर्ने बताए ।

मुख्यमन्त्री कार्कीले यसबीचमा जानेर वा नजानेर कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताए । प्रदेशको राजनीतिलाई सही मार्गमा लैजानका लागि एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको पनि मुख्यमन्त्री कार्कीको भनाइ थियो ।