Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साउनमा आयात भन्दा निर्यात धेरै ,आयातमा शून्य दशमलव ६७ प्रतिशतले कमि


साउनमा आयात भन्दा निर्यात धेरै ,आयातमा शून्य दशमलव ६७ प्रतिशतले कमि

काठमाडौँ — चालु आर्थिक वर्षको साउनको महिनामा १ खर्ब २८ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । सोही अवधिमा १२ अर्ब २२ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ९.६३ प्रतिशतले घटेको छ, भने आयातमा शून्य दशमलव ६७ प्रतिशतले कमि आएको हो ।

निर्यात घटेसँगै व्यापार घाटा पनि शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनमा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ छ । विभागका अनुसार व्यापारमा आयातको हिस्सा ९१.३० प्रतिशत छ भने निर्यातको हिस्सा ८.७० प्रतिशत छ ।

विभागका अनुसार साउनमा मात्रै २१ अर्ब ६६ करोड ९० लाख रुपैयाँ पेट्रोलियम पदार्थ, बिटुमिन, खनिज तेललगायत वस्तु आयात भएको छ । साउनमा ६ अर्ब १८ करोड रुपैयाँको रासयनिक मल आयात गरिएको विभागको तथ्यांक छ । निर्यात हुने प्रमुख वस्तुमा १ अर्ब १७ करोड रुपैयाँको गलैंचा, १ अर्ब १० करोड रुपैयाँको फलाम तथा स्टिल, ९४ करोड २१ लाख रुपैयाँको चिया, कफि तथा अन्य मसलाजन्य वस्तु, ९१ करोड ४३ लाख रुपैयाँको हातले बनाएको धागो निर्यात भएको विभागको तथ्यांक छ ।