काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्को प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाल संवत् नेपाली माटोको संवत् भएको भन्दै यसको संरक्षणमा जोड दिए । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड बताएका हुन । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपाल संवत्को प्रवर्द्धन र संरक्षण गरौंः प्रधानमन्त्री ओली