Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नौबिसे—मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने


नौबिसे—मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे—मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा—मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ ।

उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । क्रेनले उचालेर पुलको बिम राख्ने कार्य गर्न लागिएको र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी रातिको समयमा सडक बन्द गरिएको नागढुङ्गा मुग्लिन सडक आयोजनाले जनाएको हो ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो । अरु सवारी साधनलाई बन्देज गरिए पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय, दमकल लगायतका सवारी साधनबाहेक अरु सबै सवारी साधनहरुलाई पूर्णरुपमा रोक लगाइएको छ ।