पोखरा । पोखरा महानगरपालिकाले सरकारले भारतबाट ल्याउन लागेको १५ मध्ये ५ वटा मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ ।
महानगरका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कम्तिामा ५ वटा मुर्रा राँगा पोखरास्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गर्ने बताए ।
महानगर क्षेत्रमा नस्ल सुधारसहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।