Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

स्थानीय तहमा वेथिती बढ्दो, आफुखुशी निर्णयले कीर्तिपुर पाँचका वडा अध्यक्ष तारेख धाउदै


स्थानीय तहमा वेथिती बढ्दो, आफुखुशी निर्णयले कीर्तिपुर पाँचका वडा अध्यक्ष तारेख धाउदै

काठमाडौं । संघीय संरचना अन्र्तगत स्थानीय तह दोस्रो कार्यकालमा चल्दै गर्दा पछिल्लो समय जनप्रतिनिधि र जनताबीच तालमेल विग्रदै गएको छ । गाउँ गाउँमा सिंहदरबार भनिएपनि स्थानीय तहका जनप्रतिनिधीहरुमा शासक मानसिकता नफेरिदा जनताले दुःख पाइरहेका छन् । अहिले स्थानीय तहमा सबै भन्दा बढी गुनासो स्थानीय तहकै जनप्रतिनिधिका विरुद्धमा आउने गरेको छ ।

त्यसको एउटा उदाहरण संघीय राजधानी रहेको काठमाडौंको कीर्तिपुर नगरपालिका वडा ५ का जनप्रतिनिधिहरु । कीर्तिपुर नगरपालिकाभित्रका १० वटा वडाहरुमा छन्, जहाँ कहि न कहि उनिहरुप्रति जनताको गुनासो बढ्दो छ ।

सेवाग्राहीलाई अनावश्यक दुःख दिने, सेवा प्रवाह कमजोर तथा आफुखुशी निर्णय गर्ने जस्ता क्रियाकलापले यस पटकको कार्यसम्पादनमा यस नगरपालिकाले उल्लेखनिय प्रगति हासिल गर्न सकेको छैन् । हालै कीर्तिपुर नगरपालिका वडा नं.५ मा एउटा सामन्य विषय जिल्ला अदालत काठमाडौं सम्म पुगेको छ । स्थानीय जनप्रतिनिधिले न्यायीक रुपमा काम नगर्दा कीर्तिपुर नगरपालिका वडा नं.५ का एक स्थानीय विदुर महर्जन जिल्ला अदालत पुग्नु परेको हो ।

राराहिल—जाखा सडक स्तरउन्नतीकालागि १४ फिट बाटो निर्माण गर्दा वडाले जग्गाधनी संग छलफल गरेन, त्यसको परिणाम अहिले अदालतमा मुद्दा विचाराधिन रहेको   छ । सो बाटो नक्सामा गोरेटो भएपनि वडा अध्यक्ष राजेन्द्र कुमार महर्जनले आफुखुशी उपभोक्ता समिति मार्फत फराकिलो बनाएपछि पीडित भनिएका महर्जनले न्यायकालागि जिल्ला अदालत धाउनु परेको हो ।

कीर्तिपुर नगरपालिका वडा ५ मा स्थानीय विदुर महर्जनले आफ्नो व्यक्तीगत जग्गामा वडाले बाटो निर्माण गरेको भन्दै जिल्ला अदालतमा सो निर्माण कार्य रोक्न र आफुलाई न्याय दिन मुद्दा दर्ता गरेका थिए । सो विषयमा वडा कार्यालय, नगरपालिका तथा सम्बन्धीत निकायमा उनले यसअघि नै धाइसकेका छन् । स्थानीय सरकारको अर्कमन्यताका कारण आफुले न्याय नपाएपछि अन्ततःअदालतको ढोकामा पुगेको उनले दुखेसो पोखे ।

निर्माणाधिन बाटोमा दुबै साइटबाट बराबर फराकिलो बनाउनु पर्नेमा स्थानीय विदुर महर्जनको नीजि जग्गामा प्रभाव पर्नेगरि सडक निर्माण भएको भन्दै सो घटना अदालत पुगेको छ । वडाले नक्साको आधारमा १४ फिट बाटो निर्माणगरि फराकिलो बनाउदै ग्राविल गरेको थियो । पीडित महर्जनले सो विषय निर्णय चित्त नबुझेको भन्दै वडा कार्यालय, नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका थिए ।

स्थानीय तहले दुई पटक अमिन ल्याएर जग्गा नापजाच गरेपनि न्यायको अनुभूति नभएपछि अदालत गएको उनको भनाई छ । बाटो निर्माण गर्दा स्थानीयको सहमति जुटाउनु पर्ने, दुबै पक्षलाई संगै राखेर छलफल गर्नुपर्ने हो । एक लौटि निर्णय भएपछि पीडित महर्जनले अदालतमा मुद्दा दायर गरेका हुन् । सो मुद्दा अहिले जिल्ला अदालत काठमाडौंमा विचाराधिन रहेको छ । बुधबार महर्जनले जिल्ला अदालतको आदेश अनुरुप पुनःजग्गाको नक्साङ गरेका छन् ।

सरकारी प्राविधिकहरुले जग्गाको पुनःनक्साङक गरेको पीडित महर्जनले बताए । खिचलो भनिएको स्थानको स्थलगत अवलोनक गर्दा पीडित महर्जनको ‘कि.नं. ६९४ को क्षेत्रफल ०–१०–२ जग्गाबाट साबिकको देखि चलन चल्तीमा रहेको गोरेटो बाटोलाई फराकिलो बनाइएको छ । सो विषयमा उनको आपत्ती छ । उनले भने, ‘विकासको विरोधी म होइन, स्थानीय सरकारका प्रतिनिधिले मिलाउन नखोजेपछि अदालत जानुपर्ने बाध्यता भएको हो’ ।

 

उनले भने, ‘कि.नं. ६९४ को क्षेत्रफल ०–१०–२ जग्गाबाट साबिकको देखि चलन चल्तीमा रहेको गोरेटो बाटोलाई फराकिलो बनाउने भन्दै नीजि जग्गालाई मासिएको छ । उनले एकतर्फ बाटो बनाउदा साविकको भन्दा दुई आना बढी जग्गा आफ्नो मात्रै काटिएको बताए । यता वडा अध्यक्ष राजेन्द्र कुमार महर्जनले वडा कार्यालयले नक्सा अनुसार नै काम गरेको दावी गरेका छन् ।

राराहिल—जाखा सडक स्तरउन्नती गर्दा महर्जनको जग्गामा कुनै संरचना छैन, बाटोको अर्काे तर्फ दुई वटा घरहरु छन्, त्यसमध्ये एउटा घरको पर्खाल बाटो नजिक देखिन्छ । पखाल १४ फिट बाटो अनुसार बनाइएको घर धनीको दावी छ । पीडित महर्जनले वडा अध्यक्षको मिलेमातोमा आसपासमा कुनै हानी नपुर्याइँ आफ्नो नीजि जग्गामा डोजर चलाएको भन्दै विरोध गर्दै आइरहेका छन् । यो वडा नं ५ को विषय भयो ।

त्यस्तै, कीर्तिपुर नगरपालिका भाजंगलस्थित पाँगाका स्थानीयहरुको मशान(दीप)मा नोक्सानी हुनेगरि नगरपालिकाले बाटो निर्माण गर्न खोजेको भन्दै विरोध गरेका छन् । पाँगाका स्थानीयले प्रयोग गर्दै आइरहेको मशान (दीप)नै मेटिने खतरा बढेको भन्दै बाटो निर्माणलाई रोक्न सार्वजनिक सुनुवाई नै आयोजना गरेका थिए । गत शनिवार सार्वजनिक सुनुवाइ गर्दै मशान (दीप)हानी नोक्सारी हुनेगरि खोला छोपी बाटो बनाउन खोजिएको भन्दै विरोध गरेका छन् ।

स्थानीय गुठी, टोल तथा नागरिक समाजका अगुवाहरुले नगरपालिकालाई पटक—पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएको भन्दै पत्रकार तथा नागरिक समाजका नजरराम महर्जनको संयोजकत्वमा संघर्ष समिति बनाई छ ।

कीर्तिपुर नगरपालिकाले बाटो निर्माणकालागि २० लाख विनियोजन गरेको छ । तर, स्थानीयले बाटो फराकिलो भए त्यहाँ बस्ती बस्ने र मशान (दीप)को इतिहास मेटिने दावी गर्दै आइरहेका छन् । यसैबीच, स्थानीय पत्रकार तथा नागरिक समाजका नजरराम महर्जनको संयोजकत्वमा एउटा समिति बनेको छ । उक्त समितिले केहिदिन भित्र पुर्ण समिति निर्माण गर्ने र आगामी कार्यक्रमहरु अघि बढाउने छ ।