Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल विद्युत प्राधिकरणको नाफा ३६ अर्ब ६७ करोड (पूर्णपाठ सहित)


नेपाल विद्युत प्राधिकरणको नाफा ३६ अर्ब ६७ करोड (पूर्णपाठ सहित)

काठमाडौं, भदौ १ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरेका छन् । ३८औं वार्षिकत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगत जस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।

७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्र्ब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको बताएका छन् । हाल राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेको घिसिङले बताएका छन् । आउँदो २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पुर्‍याउने बताए ।