Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीद्धारा आईपीओ जारी गर्ने प्रस्ताव


क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीद्धारा आईपीओ जारी गर्ने प्रस्ताव

काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ५ गते बस्ने साधारणसभामा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव लैजाने भएको छ । यससम्बन्धी प्रक्रियागत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन आवश्यक परेमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ । ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्ने लक्ष्यका साथ बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीलाई सञ्चालनका लागि स्वीकृति दिएको हो । यस्ता लघुबीमा कम्पनीहरुको चुक्ता पूँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । सोही चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेछन् ।