Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हर्क साम्पाङको 'स्ट्याटस'बारे महासंघको ध्यानाकर्षण


हर्क साम्पाङको 'स्ट्याटस'बारे महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले धरान र चितवनमा पत्रकारहरूमाथि धम्की र कुटपिट भएको भन्दै भर्त्सना गरेको छ। महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति निकालेर जिम्मेवार व्यक्तिबाट पत्रकारहरूमाथि गरिएको हर्कत अन्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको उल्लेख गरेका छन्।

महासंघका सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखर धम्की दिएका थिए। उक्त घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले हर्क साम्पाङको बारे लेखेको समाचार प्रकाशित भएपछि साम्पाङले समाजिक सञ्जालमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु, अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन’ भनेर सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेखेका थिए।

साथै मेयर साम्पाङको अराजक र अशोभनीय हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ। महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ।

मंसिर १९ गते बुधबार चितवनमा सभापति लामिछानेको अनुसन्धानको विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघका सदस्य एवं कपुरकोट मिडियामा कार्यरत पत्रकार सन्तोष देउजालाई निर्घात कुटपिट गरेको महासंघ चितवन शाखाले जनाएको महासंघको भनाइ छ। साथै महासंघले चितवन घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।