Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बागमती प्रदेश सरकारले भन्योःसहकारीबाट लिएको ऋण समयमै चुक्ता गरौं, बचत फिर्तामा समस्या भयो


बागमती प्रदेश सरकारले भन्योःसहकारीबाट लिएको ऋण समयमै चुक्ता गरौं, बचत फिर्तामा समस्या भयो

काठमाडौं । समयमै सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै बागमती प्रदेश सरकारले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सरोकारवालालाई सूचना जारी गर्दै सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको   हो ।

जुन सम्झौता वा सर्तबमोजिम ऋण लिएको हो सोहीबमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।

सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्याक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको भन्ने गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।

सहकारी संस्थाबाट सदस्यको बचत रकम नै कर्जाका रूपमा प्रवाह हुने हुँदा सदस्यको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्रि गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्थासमेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी कर्जा चुक्ता गर्न मन्त्रालयले अनुरोध गरेको हो ।