Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ऊर्जा उद्यमीका समस्या समाधान गर्छौँः ऊर्जा मन्त्री


ऊर्जा उद्यमीका समस्या समाधान गर्छौँः ऊर्जा मन्त्री

काठमाडौं, श्रावण २६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताए छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताए । सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुने मन्त्री बस्नेतको भनाइ छ ।

ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै उनले आन्तरिकरुपमा पनि नदी करिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका छ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने बताए । ऊर्जा मन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको बताए ।

उत्पादन, वितरण र प्रसारणलाई एकीकृतरुपमा अगाडि बढाउने उद्देश्यका साथ सरकारले एकीकृत कार्ययोजना बनाएर काम थालिसकेको जानकारी दिँदै ले आफूहरुको जोड आन्तरिकरुपमा बिजुलीको खपत बढाउने नै भएको बताए । आन्तरिकरुपमा खपत गरेर बढी भएको बिजुली मात्रै निकासी गर्ने सोचका साथ सरकारले काम गरिरहेको मन्त्री बस्नेतको भनाइ छ । प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणमा भएको सहमतिअनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी विषयले समेत छिट्टै सार्थकता पाउने । यस्तै, बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि छिट्टै सम्झौतामा हस्ताक्षर हुने उनको भनाइ छ ।

बङ्गलादेशले तत्काल नै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । उनले निजी क्षेत्रलाई पूर्णरुपमा साथमा लिएर नै सरकार अगाडि बढ्न लागेको र सरकार, निजी साझेदारीलाई थप परिस्कृत कार्ययोजनाका साथ अगाडि बढ्ने बताए । निजी क्षेत्रको प्रवेशपछि ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको विषयमा आफू जानकार भएकाले थप लगानीका लागि आग्रह गर्नुभयो । उनले केही आयोजनामा आवश्यक पर्दा मात्र नेपाल विद्युत् प्राधिकरणले बिजुली लिएको भन्ने निजी क्षेत्रको गुनासो सम्बोधन गर्न सम्बद्ध निकायसँग छलफल गर्ने स्पष्ट । मन्त्री बस्नेतले विराटनगर, वीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा देखिएको बिजुलीको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गरे । यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगेको तथा पटकपटक बत्ती काटिँदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गरे । अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको बताए। सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत बुझाएका थिए ।