Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकको सञ्चालक समिति बैठक सम्पन, के भयो निर्णय ?


राष्ट्र बैंकको सञ्चालक समिति बैठक  सम्पन, के भयो निर्णय ?

काठमाडौं, असोज ५ । नेपाल राष्ट्र बैंकले शुक्रबार गरेको संचालक समितिको बैठकले सकिएको छ । बैठकमा अर्थमन्त्रालयका नवनियुक्त सचिव डा. कृष्णहरि पुष्करलाई संचालकको रुपमा स्वागत गरिएको छ। तर, अन्य विषयमा छलफल तथा निर्णयहरु भने नभएको हो। राष्ट्र बैंकको बोर्ड मिटिङ सेयर धितो कर्जामा लगाएको १२ करोडको हटाउने विषय निर्णय हुने अनुमान गरिएको थियो ।

तर, शुक्रबार बसेको बैठक त्यस्ता कुनै पनि विषयमा छलफल नभएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।राष्ट्र बैंकको बैठकले निकै यति बेला निकै चासोको रुपमा हेरिएको छ। केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउने धेरैले अनुमान गरेका थिए ।

तर, शुक्रबार बसेको बैठकमा त्यस्ता विषयमा कुनै पनि छलफल नभएको मिश्रको भनाई । यद्यपि, यस्ता विषयमा आगामी बैठकमा छलफल तथा निर्णय हुने उनले बताए। गत सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महत र गभर्नर महाप्रसाद अधिकारीले समसायिक विषयमा छलफल गरेका थिए।

अर्थमन्त्रीले अहिले कायम भएका सेयर धितो कर्जामा १२ करोडको सीमा लगायतका प्रावधानलाई खुकुलो बनाएर अघि बढ्न चेतावनी दिएका थिए। त्यस विषयमा गभर्नर पनि सकरात्मक रहेको बताइएको छ। यद्यपि, अब बस्ने राष्ट्र बैंक संचालक समितिको बैठकले नै सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने यता खारेज नै गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।