Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कालीमाटी बजारमा व्यापारीहरुको आक्रोश, फ्याँकियो ३० हजार किलो गोलभेंडा


कालीमाटी बजारमा व्यापारीहरुको आक्रोश, फ्याँकियो ३० हजार किलो गोलभेंडा

काठमाडौं । कालीमाटी तरकारी बजारका व्यापारीहरुले उचित बजार मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याकेर आक्रोशित पोखेका छन् ।

बजार मूल्य नपाएपछि कालीमाटी थोक तथा खुद्रा बजार समितिका किसानले आईतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए ।

रामकोट, नागार्जुन, थानकोट लगायत क्षेत्रमा फलेका गोलभेंडा किसानहरुले कालीमाटी बजारको गेट, भित्री सडक र बजार जताततै फ्याँकिएको फ्याँकिएको छ । कालीमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।

कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।