Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विराटनगरमा अविरल वर्षा, अधिकांश बस्ती डुबानमा


विराटनगरमा अविरल वर्षा, अधिकांश बस्ती डुबानमा

विराटनगर । अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन्।

विराटनगरको वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका कारण बढी प्रभावित भएको विराटनगर महानगरपालिकाले जनाएको छ।

कति घर परिवार डुबानका कारण विस्थापित भएको र डुबानले भएको क्षतिको विवरण भने प्राप्त भई नसकेको विराटनगर महानगरपालिकाकी सूचना अधिकारी अनिता न्यौपानेले बताइन्। न्यौपानेका अनुसार विराटनगर महानगरपालिकाको वडा नं १४ को गौशाला क्षेत्र, बखरी र दरैयाका बासिन्दा विस्थापित भएका छन्।

विस्थापितहरूलाई स्थानीय स्कुलहरूमा राखिएको छ । अन्य धेरै ठाउँमा बाढी पसेको र मानिसहरूलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको छ । सबै विवरण प्राप्त नभए पनि विहाननै देखि नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिहरू र स्वयंसेवकहरू डुबान प्रभावितहरूको उद्धारमा खटिएको न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार डुबान प्रभावित र विस्थापितहरूलाई खाद्यान्नलगायत आवश्यक राहतका सामाग्री महानगरपालिकाले तयारी अवस्थामा राखेको छ। विराटनगर स्थित सिंघिया खोला, र केशलिया खोला नगरका विभिन्न भागबाट बस्तीमा पसेको छ।