Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसद अबरोध हट्यो


संसद अबरोध हट्यो

काठमाडौँ । प्रमुख विपक्षी मा‌ओवादी केन्द्रले गरेको संसद अबरोध फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा जाने र महत्वपूर्ण विधेयकहरू अघि बढाउनुपर्ने आवश्यकतालाई बोध गर्दै संसद्‌ सुचारू गर्न दिएको हो । प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादीका शक्ति बस्नेतले पार्टीको धारणा राख्दै बैठक सञ्जालन गर्न दिने पार्टीको धारणा सुनाएका थिए । माओवादीले माओवादी जनयुद्धलाई हिंसा भनि एमाले नेता योगेश भट्टराईले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै सदन अवरोध गरेको गरेको थियो । तर माओवादीले सोमबार संसद् अधिवेशन नै अन्त्य हुने भएकाले आफ्नो धारणा राख्दै अवरोध हटाउने निर्णय गरेको हो । हिंसालाई असंसदीय शब्दको रुपमा नभइ अपमानजनक शब्दको रुपमा लिएका छौं । यो सरकारको विचार हो कि दलको विचार हो त्यसबारे जवाफ माग गर्छौुं बस्नेतले भने ।