Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वसूचना दिएर पहिरो जाँदैन, सरकारको आलोचना नगरौंः प्रधानमन्त्री ओली


पूर्वसूचना दिएर पहिरो जाँदैन, सरकारको आलोचना नगरौंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न आग्रह गरेका छन् । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका हुन ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए । विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो ।

पूर्वसूचना दिएर पहिरो जाँदैन । त्यसमा सरकारले तदारुकताका साथ काम गर्ने हो, ओलीले भने, मैले पाएको जानकारीअनुसार आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन ।

सरकारले आफ्नो क्षमताअनुसार उद्धार, राहतलगायतका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफू विदेशमा हुँदा पनि नेपालमा भइरहेका घटनाको जानकारी लिएको ओलीले बताए । आफू नेपाल आइसकेको र अब अझ प्रभावकारी ढंगले काम अगाडि बढाउने उनको भनाइ थियो ।