Friday, June 20, 2025

२०८२ असार ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एकोहोरो प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक सार्वजनिक


एकोहोरो प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक सार्वजनिक

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा हत्यागरि शव गाडेको आरोपमा प्रहरीले एक युवकलाई सार्वजनिक गरेको छ । सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोडेको आरोपमा गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि आफूले हत्या गरेको बताएका छन् । प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन् ।

माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोस्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोस्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो । एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ ।

हात पेटीले कसेको र घाँटीमा टाईले कसेको सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् । अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताब(कापी)समेत बरामद भएको छ ।