काठमाडौं । पछिल्लो दिन सेयर बजार घट्न थालेको छ । अघिल्लो दिनको तुलनामा आज १२.१० अंकले नेप्से परिसूचक घटेको हो । सो गिरावटपछि २७२७ अंकमा रहेर यो साता बजार बन्द भएको छ । कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६५ करोडको भयो । १०१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ५ को स्थिर रह्यो ।
सेयर बजार घट्न थाल्यो