Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘एक भागवत र एक गीता’लाई बिना काँटछाँट युनिभर्सल सर्टिफिकेट प्रदान


‘एक भागवत र एक गीता’लाई बिना काँटछाँट युनिभर्सल सर्टिफिकेट प्रदान

काठमाडौँ । झरना थापाद्वारा निर्देशित नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ । केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सिनेमालाई बिना काँटछाँट युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।

सेन्सर बोर्डले सिनेमामा समावेश कुनै दृश्य र संवादमा कैंची नचलाएको निर्माता सुनिल कुमार थापाले बताए । ‘सिनेमा मार्फत् तपाईले तराईदेखि पहाड सम्मलाई जोड्नु भएको छ । संस्कृति जोगाउनु भएको छ । मौलिकता पेश गर्नु भएको छ भनेर बधाई दिनुभयो,’ उनले भने ।

निर्देशक झरना थापाले शीर्षक विवादले सेन्सरमा केही ढिलाई भएपनि सेन्सर पास भएर दर्शकमाझ सिनेमा ल्याउन पाउँदा निकै खुशी लागेको बताइन् सेन्सरमा सिनेमा हेरेका सबैले ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राम्रो बनेको भन्दै तारिफ पाएको भन्दै निर्देशक थापाले खुशी समेत व्यक्त गरेकी छिन् ।

झरना थापा निर्देशित फिल्ममा बिपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भूमिका छ । अभिनेता कार्कीको ट्रान्सउमन कमलामाइ पात्रले दर्शकको ध्यान खिचेको छ । फिल्म यही शुक्रबार भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।