Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

दोस्रो नम्बरमा सिफारिस भएका प्राडा बराललाई उपकुलपतिमा नियुक्त गरेपछि प्रधानमन्त्री दाहालको आलोचना सुरु, प्राडा बराल को हुन ?


दोस्रो नम्बरमा सिफारिस भएका प्राडा बराललाई उपकुलपतिमा नियुक्त गरेपछि प्रधानमन्त्री दाहालको आलोचना सुरु, प्राडा बराल को हुन ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो नम्बरमा सिफारिस भएका प्राध्यापक डा.केशरजंग बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेपछि अहिले आलोचन सुरुभएको छ । त्रिभूवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका प्राध्यापक डा.बराललाई उपकुलपतिमा नियुक्त गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

प्रधानमन्त्री दाहालले आफैले बनाएको नियम तोडेका छन् । त्रिविलाई राजनीतिक भाग बण्डाबाट अलग बनाउने प्रतिवद्धता जनाएका प्रधानमन्त्री दाहालले अन्ततःदोस्रो नम्बरमा रहेका प्राडा बराललाई उपकुलपतिमा नियुक्त गरेपछि अहिले त्यो आलोचना सुरुभएको हो हो ।

जनता समाजपादी पार्टी जसपाबाट शिक्षामन्त्री बनेका अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले एक नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रामा प्राडा केशरजंग बराल र तेस्रोमा प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । खुला प्रतिस्पर्धाबाट छनौट भइ सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरका बुढाथोकी नियुक्त हुनुपर्नेमा दोस्रो नम्बरमा सिफारिस भएका बराललाई प्रधानमन्त्री दाहालले नियुक्त गरेका हुन ।

प्राध्यापक डा.बराल को हुन ?
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भए ।

पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए र उनले विद्यावारिधिको अध्ययन सकाएर फिर्किए । भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए ।


त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए । त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे । यसअघि २०६४ सालमा उनि पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भइ काम गरेका थिए ।

२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड सदस्य पनि भएर काम गरेको अनुभव छ । सरकारले शिक्षाको विकासकालागि बनाउने विभिन्न समितिमा रहेर काम गरेको उनिसँग अनुभव ।