Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीले फेरिएको मन्दिरपुरकी 'उर्मिला डगौरा'को जिवन


सहकारीले फेरिएको मन्दिरपुरकी 'उर्मिला डगौरा'को जिवन

कञ्चनपुर । पछिल्लो समय देशभर सहकारी संस्थाहरुले बचतकर्ताको रकम फिर्ता नगरेको घटनाहरु बढ्दै जादा कञ्चनपुरको ग्रामिन क्षेत्रमा महिलाहरुकालागि सहकारीनै बरदान बनेको छ । कृषिमा काम गर्ने महिलाहरुकालागि आम्दानिको स्रोत बनेको छ, भने उनीहरुले उत्पादन गरेको बस्तुको बजारिकरण नै सहकारीले गरिरहेको छ ।

यसको उदाहरण हुन बेदकोट नगरपालिका–७ मन्दिरपुरकी उर्मिला डगौरा । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भइन्। उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छिन् । छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छिन् ।

उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेका छन् । उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताइन्। सबै खर्च तरकारीखेतीबाटै धानेको उनको भनाइ छ । उनले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताइन् ।

तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन गर्यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध भइन् । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ ।

उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताए । उक्त समुहमा १६ महिला आबद्ध छन । सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।