Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आँबुखैरेनीमा दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव सिधै विमानबाट महाराष्ट्र लैजाने


आँबुखैरेनीमा दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव सिधै विमानबाट महाराष्ट्र लैजाने

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको दुर्घटनामा परी ज्यान गुमाएका भारतीय यात्रुको शव सिधै विमानबाट भारत लैजाने तयारी भएको छ । भरतपुर अस्पतालका सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले भरतपुरमा पोस्टमार्टम गरिएको शवलाई प्लाष्टिकमा बेरेर बाकसमा राखी भरतपुर विमानस्थल पठाइएको बताए ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो ।

मृत्यु भएका शवको भरतपुर अस्पतालमा शनिबार बिहानैदेखि फरेन्सी विज्ञ डा.कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरूको टोलीले पोष्टमार्टम गरेको थियो पोष्टमार्टम सकिएसँगै शवलाई भारत लग्न लागिएको हो ।

शवलाई भरतपुरबाट हवाइमार्फत सोझै भारतको महाराष्ट्र लगिने छ । शव लिन भारतबाट सिधै विशेष विमान भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।