Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विपद्‌पछिको राहत र पुननिर्माणकालागि अनुदानमा प्राप्त हुने सामाग्रीहरूमा भन्सार छुट दिने


विपद्‌पछिको राहत र पुननिर्माणकालागि अनुदानमा प्राप्त हुने सामाग्रीहरूमा भन्सार छुट दिने

काठमाडौँ । सरकारले विपद्‌पछिको राहत र पुननिर्माणका लागि अनुदानमा प्राप्त हुने सामाग्रीहरूमा भन्सार छुट दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुनर्निर्माणका लागि अनुदानमा प्राप्त हुने मालवस्तुमा भन्सार महसुस छुट दिने निर्णय गरेको हो ।

विपद्‌बाट प्रताडित नागरिकका लागि छिमेकी राष्ट्रहरू र दातृ निकायहरूबाट नेपाल सरकारलाई अनुदानमा प्राप्त हुने राहत र पुनर्निर्माण सम्बन्धी सामाग्रीहरूमा भन्सार महसुल छुट दिने निर्णय भएको हो ।

असोज ११ र १२ गतेको भारी वर्षा र बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग गर्न आह्वान गरेको छ । त्यहीअन्तर्गत सहयोगमा प्राप्त हुने सामाग्रीहरूको आयातलाई सहज बनाउन सरकारले यस्तो निर्णय गरेको हो ।