काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ ।
काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए ।
रिजालको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो । भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको रिजालको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो मात्रै उनको डायलसिस पनि गरिएको थियो ।
रिजालको आजै दिउँसो अन्तिम संस्कार गरेको छ । रिजाललाई अन्तिम बिदाईसँगै श्रद्धाञ्जली दिन अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापा, मेयर बालेन साहलगायत राष्ट्रिय सभा गृह पुगेका थिए ।