काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन आग्रह गरेको छ । विभागले एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्नेजस्ता कार्य गरेको गुनासो आएको भन्दै दुःख नदिन आग्रह गरेको हो । त्यस्ता गुनासा विभागमा समेत आउने गरेकोले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ । विज्ञप्तिमार्फत नै त्यस्ता कार्य नगरी विज्ञापन बमोजिम अन्तर्वार्ता गराउन समेत विभागले निर्देशन दिएको छ ।
वैदेशिक रोजगारमा जाने व्यक्तीलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई विभागको आग्रह