Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हुण्डी कारोबारको आशंकामा दावा छिरिङको लगानी रहेको होटल भियनामा सीआईबीको छापा


हुण्डी कारोबारको आशंकामा दावा छिरिङको लगानी रहेको होटल भियनामा सीआईबीको छापा

काठमाडौं । चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको ठमेलको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ । सुन तस्करी प्रकरणमा जोडिएका छिरिङको लगानी रहेको होटेलमा हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको हो ।

हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै टोलीले छापा मारेको थियो । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा—काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।