Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ट्रकका ट्रक पास हुने मल समात्न नसकेको भन्दै सांसद मिश्रको सरकारप्रति कटाक्ष


ट्रकका ट्रक पास हुने मल समात्न नसकेको भन्दै सांसद मिश्रको सरकारप्रति कटाक्ष

२६ असार, काठमाडौं । मलको समयमै उचित व्यवस्था हुन नसकेको बताउँदै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सरकारप्रति प्रश्न ठह¥याएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मिश्रले भारतबाट एक दुई बोरा मात्र मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्ने कुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे ।

‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेको मलाई थाहा छैन,’ उनले भने । वैधानिक बाटोबाट मल ल्याउनेहरुलाई कारबाही गर्न उनले सरकारलाई आग्रहसमेत गरे ।

राष्ट्रिय सभा सदस्य मिश्रले कैलालीमा पानी पर्न नसक्दा किसानहरुले रोपाईं गर्न नसकेकोप्रति सिंचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । पछिल्लो समय किसानले मल नपाइरहँदा बजारमा कालोबजारी र तस्करी भइरहेको उनको भनाई छ ।