काठमाडौं । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन् । कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई आज बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् । उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।
लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त