Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

लगानी सम्मेलन: पीपीपी सहकार्यका लागि २ संस्थाबीच समझदारी (एमओयू)

अहिलेसम्म ५ सम्झौता


लगानी सम्मेलन: पीपीपी सहकार्यका लागि २ संस्थाबीच समझदारी (एमओयू)

काठमाडौं । लगानी सम्मेलनको दोस्रो दिन २ वटा सम्झौता (एमओयू) भएको छ । आज होटलसँग सम्बन्धित र सार्वजनिक नीजि साझेदारीसँग सम्बन्धित विषयमा एमओयू भएको हो । नेपालको शाख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको हो ।

त्यस्तै, नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी (एनएपीपीपी)  र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बीच समेत एमओयू सम्झौता भएको छ उक्त सम्झौता अनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा लगानी गर्ने छ । उक्त होटलमा चीनबाट करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी आउनेछ ।

सम्मेलनको पहिलो दिन ३ वटा एमओयू सम्झौता भएको थियो । जसमध्ये नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच दुई सम्झौता भएको थियो ।

त्यस्तै सम्मेलनको पहिलो दिन सूचना तथा प्रविधिसँग सम्बन्धीत विषयमा एमओयू भएको थियो । सो आयोजनामा रामकोटमा साढे ३ अर्ब रूपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापना हुनेछ । सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बीएलसी होल्डिंबीच भएको हो ।