Sunday, June 02, 2024

२०८१ जेष्ठ २०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

काठमाडौं मोडल कलेज (केएमसी) बन्यो वर्षकै उत्कृष्ट क्याम्पस


काठमाडौं मोडल कलेज (केएमसी) बन्यो वर्षकै उत्कृष्ट क्याम्पस

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित काठमाडौं मोडल कलेज (केएमसी) वर्षकै उत्कृष्ट कलेजका रुपमा घोषित भएको छ । ‘राष्ट्रिय शिक्षा दिवस २०८०’ का अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा निजीतर्फ काठमाडौँ मोडेल कलेज पुरस्कृत भएको हो । पुरस्कृत भएसँगै केएमसीले दुई लाख ५० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । 

काठमाडौंमा छोटो समयमा नै अब्बल पहिचानका रुपमा आफूलाई स्थापित गर्न सफल यस कलेजले वर्षेनी गुणस्तरीय रुपमा विद्यार्थीहरु उत्पादन गरिरहेको छ । विद्यार्थीलाई नतिजामुखी एवं जिवनउपयोगी शिक्षा प्रदान गर्दै केएमसीले सुरुवातदेखि नै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । प्रत्येक वर्ष राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा शतप्रतिशत नतिजा दिन सफल यो कलेज आई.एस.ओ ९००१ः२०१५ मान्यता प्राप्त शैक्षिक संस्था पनि हो । विद्यालय तह हुँदै उच्च माध्यमिक, स्नातक तथा स्नात्तोकत्तर तहसम्मको अध्ययन गराउँदै आएको यो कलेज उच्च शिक्षाका लागि एकेडेमिक हबका रुपमा रहेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयहरूको पठनपाठन हुने गरेको छ । स्नातकोत्तर तहमा एमए अङ्ग्रेजी र एमबीएस व्यवस्थापनका विषयहरू सञ्चालित छन् । स्नातक तहतर्फ भने व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए, बीबीएम र बीबीएस्का कक्षाहरूमा अध्यापन हुने गर्दछ । साथै मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत बीए मनोविज्ञान, बीए सामाजिक कार्य, बीए अङ्ग्रेजी विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

आइटीतर्फ बीसीए कम्प्युटर एप्लिकेशन विषयको समेत पढाइ हुने यस केएमसी कलेज धेरै विद्यार्थीहरूको पहिलो रोजाइमा पर्नुको कारण विशेष गरेर शैक्षिक नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन, पाठ्यक्रम सम्बद्ध तथा अन्य विशेष अतिरिक्त क्रियाकलापहरूको सञ्चालन, गुणस्तरीय शिक्षण–सिकाइ क्रियाकलाप, नवीनतम शैक्षिक अभ्यासका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य, प्राध्यापक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड, विषय विज्ञ एवं अनुभवी प्राध्यापकहरूबाट गुणात्मक सिकाइ ईत्यादि क्रियाकलाप रहेकाले विद्यार्थीहरूको पहिलो रोजाइमा परेको कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदी बताउनुहुन्छ ।

साथै, एसईई उत्तिर्ण गरी उच्च अंक ल्याउने जेहेनदार विद्यार्थी एवम् आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्तिको समेत यो कलेजले व्यवस्था गरेको छ ।