Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिवाइडी अटो ३ मूल्य आठ लाख घट्यो


बिवाइडी अटो ३ मूल्य आठ लाख घट्यो

काठमाडौं । सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका गाडीमा लाग्ने कर घटाएसँगै बिवाइडी अटो ३ को बजार मूल्य घटेको छ। नेपालमा बिवाइडी गाडीको लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो। कम्पनीले पनि आफ्नो १५० किलोवाट क्षमताको अटो ३ मोडलको मूल्य घटाएको हो।

कम्पनीले सार्वजनिक गरेको नयाँ सूची अनुसार १५० किलोवाट क्षमता मोटर भएको बिवाइडी अटो ३ को बजार मूल्य ८१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यो मोडलको मूल्य ८९ लाख ९० हजार थियो। नयाँ बजेटले ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमता भएका विद्युतीय  सवारी साधनमा भने भन्सार र अन्तः शुल्क बढाएको छ।

यसकारण कम्पनीले १०० किलोवाट क्षमताको मोटर जडित अटो  ३ सुपेरिअर ट्रिमु को मूल्य भने ९८ हजार रूपैयाँ बढाएको छ। यसभन्दा अघि ६४ लाख ९० हजार पर्ने अटो ३ सुपेरिअर ट्रिमको नयाँ मूल्य ६५ लाख ८८ हजार तोकिएको छ। कम्पनीले केही समयमै अब १०० किलोवाट मोटर क्षमता र ५० किलोवाट आवर क्षमता ब्याट्री भएको नयाँ मोडल भित्र्याउने बताएको छ। यसको मूल्य भने ५५ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

यसले एक पटकको चार्जमा ३५० किलोमिटर रेञ्ज दिने बताएको छ। हाल बजार उपलब्ध बिवाइडी अटो ३ ले एक पटकको पूरा चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ। अटो ३ को लम्बाई ४,४५५ एमएम, चौढाई १,८७५ एमएम र उचाई १,६१५ एमएम छ। गाडीमा २,७२० ह्विलबेस दिइएको छ भने १७५ एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ। यसले गर्दा यो गाडी नेपाली बजारको लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।