Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सम्पत्ति कर बढाएको भन्दै राजापुर नगरपालिकामा तालाबन्दी


सम्पत्ति कर बढाएको भन्दै राजापुर नगरपालिकामा तालाबन्दी

गुलरिया । राजापुर नगरपालिकाले लगाएको विभिन्न करको विरोध गर्दै नगरपालिकाको कार्यालयमा राजनीतिक दलहरूले तालाबन्दी गरेका छन्। नगरपालिकाको मूल गेटमा तालाबन्दी गरेका दलहरूले बजार समेत बन्द गराएका छन्।

राजापुर नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, क्रान्तिकारी नेपाल कम्युनिष्ट पार्टीका नगर समिति आन्दोलनमा उत्रिएका हुन्।

विभिन्न चरणका शान्तिपूर्ण विरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि थप आन्दोलन घोषणा गर्नु परेको नेपाली कांग्रेस राजापुर नगर समितिका सभापति महेश चौधरीले बताए।

वडा कार्यालयहरू, पालिका घेराउ गर्दै शान्तिपूर्ण आन्दोलन गरे पनि नगरपालिकाले बेवास्ता गरेको आरोप दलहरूको छ। राजापुर नगरपालिकाको आव २०८०/८१ को सम्पत्ति तथा भूमि करका विषयमा छलफल गर्न बिहीबार राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले पत्राचार गर्दै आन्दोलनरत सबै दलहरूलाई शुक्रबार दिउँसो नगर कार्यपालिकामा छलफलका लागि बोलाएको बताइएको छ।