Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तिहारमा प्लास्टिकको माला बिक्री वितरण तथा प्रयोगमा निषेध, भेटिए कारवाही गरिने


तिहारमा प्लास्टिकको माला बिक्री वितरण तथा प्रयोगमा निषेध, भेटिए कारवाही गरिने

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्लास्टिक तथा प्लाटिस्टकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।

प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्न महानगरले सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।

यस्तै महानगरको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ ।