Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक


१८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले असोज १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने गरी कुल १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने ।

यी ट्रेजरी बिल क्रमशः कात्तिक १७ गते, पुस १७ गते र चैत २० गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्ने।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन अल्पकालीन सरकारी ऋणपत्र प्रयोग गरिने भएको छ।