Tuesday, August 05, 2025

२०८२ श्रावण २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्थानीय तहमा अस्पताल सञ्चालन गर्न सहुलियत कर्जा


स्थानीय तहमा अस्पताल सञ्चालन गर्न सहुलियत कर्जा

काठमाडौं, भदौ २७। अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले २० करोड रुपैयाँसम्म सहुलियत कर्जा दिन भएका छन् । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार जारी गरेको सूचना अनुसार बैङ्क तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।

राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ। विकास पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा अस्पताल बनाउन कर्जा लगानी गर्नसमेत राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको थियो ।

विकासका पूर्वाधारको उचित प्रवर्धनले मात्र समग्र देशको विकास सुनिश्चित हुने भन्दै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई यस्तो सर्कुलर गरेको हो ।