Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइतबार देखि तीनदिन विद्यालय बन्द हुने


आइतबार देखि तीनदिन विद्यालय बन्द हुने

काठमाडौं । भोली आइतबार देखि तीनदिन विद्यालय बन्द हुने भएका छन् । अविरल वर्षाका कारण विश्वविद्यालय र विद्यालयका भवनहरुमा क्षति पुगेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनदिन सम्म विद्यालय बन्द रहने जनाएको छ । शनिवार एक विज्ञेप्ती जारी गर्दै शिक्षा मन्त्रालयले यस्तो बताएको   हो । मन्त्रालयले शुक्रबार देखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षतिका विवरण आइरहेका छन् ।

देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवजयापनमा कठिनार्ई भएको भन्दै विद्यालय बन्द गर्नै निर्णय गरेको मन्त्रालयले विज्ञेप्ती मार्फत बताएको छ । क्षति पुगेका विद्यालयहरुको आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबार देखि तीनदिनसम्म बन्द गर्न अनुरोध गरेको छ ।