Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१०० डलर नाघ्न सक्ने कच्चा तेलको मूल्य


१०० डलर नाघ्न सक्ने कच्चा तेलको मूल्य

काठमाडौं, असोज ४। कच्चा तेलको मूल्य १०० डलर पूग्ने अनुमान गरिएको छ। गोल्डम्यान स्याक्सले ओपेक लगायत अन्य देशहरूमा माग र आपूर्ति प्रतिबन्धका कारण कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको हो । यसैकारण मुद्रास्फीतिमा दबाब कायम रहने स्याक्सको भनाइ छ।

मध्य जुनदेखि, कच्चा तेल ३० प्रतिशत भन्दा बढीले बढेर प्रतिब्यारेल ९५ डलरसम्म पुगेको थियो। तर, अमेरिकी फेडरल रिजर्भको ब्याजदरको निर्णय अघि बुधबार तेलको मूल्य प्रतिब्यारेल ९३ डलर सम्म झरेको थियो ।

बिहीबार डब्लुटीआइ क्रुड तेल प्रति ब्यारेल एक डलरभन्दा बढिले घटेर ८८.५४ डलरमा खरिद बिक्री भइरहेको छ । ब्रेण्ट क्रुड तेलको मूल्य पनि एक डलर भन्दा बढीले सस्तिएर प्रतिब्यारेल ९२.३६ डलरमा कारोबार भइरहेको छ ।ओपेक प्लसका प्रमुख देशहरू साउदी अरब र रुसले आपूर्ति प्रतिबन्ध गरेका कारण कच्चा तेल हाल १० महिना यताकै उच्च स्तरमा पुगेको हो।

अमेरिका र चीनको राम्रो अवस्थाले पनि यसमा सहयोग गरेको छ।ओपेकले कच्चा तेलको मूल्य ८० देखि १०५ डलरमा राख्न सक्ने सन् २०२४ मा ओपेकले ब्रेन्टलाई ८० डलरदेखि १०५ डलरभित्र राख्न बलियो एशिया ,केन्द्रित विश्वव्यापी माग वृद्धिको फाइदा उठाउन सक्षम हुनेछ। गत साता अमेरिकी तेल भण्डारण ५० लाख ब्यारेलले घट्यो।