काठमाडौं,२१ असार । अपि पावर कम्पनीको हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार २२ गते, शुक्रबार, बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.४० अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । यस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
अपि पावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन