Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उपसभामुख रानाका विषयमा संसदमा कांग्रेसको चासो, संसदीय छानबिन हुँदासम्म संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्न माग[भिडिओ सहित]


उपसभामुख रानाका विषयमा संसदमा कांग्रेसको चासो, संसदीय छानबिन हुँदासम्म संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्न माग[भिडिओ सहित]

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाका विषयमा पछिल्लो समय उठेका विषयमा चासो राखेको छ । अमेरिकी दूतावासलाई पाँच जना व्यक्तिको भिसाको अन्तर्वार्ताको समय सारिदिन भन्दै लेखेको पत्रको विवादको छानबिन गर्नुपर्ने माग गरेको हो ।

कांग्रेस सांसद रामहरि खतिवडाले संसदमा बोल्दै उपसभामुखका विषयमा संसदीय छानबिन हुँदासम्म उपसभामुख राना संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्ने माग गरे । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले संसद्को उपसभामुखले चिठी लेखेको विषयमा छानबिन गर्नुपर्ने बताए ।

संसद्सँग कुनै साइनो नभएको पाँच जना मान्छे अमेरिकाका भिसाको अन्तर्वार्ताको लागि प्रयोग गरिएको पत्र प्राप्त भयो, यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन प्रश्न गरे । संसद्बाट विदेश भ्रमणमा जानुपर्ने भए संसद् सचिवालयको आफ्नै प्रक्रिया हुनुपर्नेमा त्यसलाई मिचेर उपसभामुखले पत्र लेखेको खतिवडाको भनाइ थियो ।