काठमाडौं । सुन र चाँदी दुबैको आज मूल्य बढेको छ । सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ, भने चाँदी तोलामा १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आईतबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । संघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार चाँदी तोलामा एक हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।